२०८२ फाल्गुन १५, शुक्रबार १९:०२
नेपालको एक मात्र यात्रुबाहक रेल सेवा तीन दिनका लागि बन्द हुने भएको छ।
मंगलबारदेखि बिहीबारसम्मका लागि ३ दिन भारतको जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवा बन्द हुने भएको छ।
फागुन २१ म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुने भएकाले रेल सेवा पूर्ण रुपमा बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न ७२ घण्टाअगावै रेल सेवा बन्द गर्न निर्देशन दिएकोमा सोही अनुसार रेल सेवा बन्द गरिने निर्णय गरिएको छ।



