२०८२ फाल्गुन १६, शनिबार ०७:३९

नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार विमलेन्द्र निधिले संविधानलाई पुनः लिकमा ल्याउनु अहिलेको प्रमुख राजनीतिक आवश्यकता भएको बताएका छन् ।

जनकपुरधामस्थित आफ्नो निजी निवासमा शुक्रवार बिहान सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले भने ‘संविधान लिक बाहिर गएको भन्दै त्यसलाई संस्थागत मार्गमा फर्काउन राजनीतिक सहमति र निर्वाचन अपरिहार्य रहेको छ ।’ निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था समेत कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै हालको राजनीतिक परिस्थितिले प्राप्त उपलब्धिको संरक्षणमा चुनौती देखिएको बताए ।

जेनजी आन्दोलनपछि बनेको सरकार बाध्यकारी अवस्थाबाट गठन भएको स्मरण गराउँदै उनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न निर्वाचन नै उत्तम विकल्प भएको बताए । उनले संविधानलाई लिकमा ल्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जोगाउने र जनताको विश्वास कायम राख्ने जिम्मेवारी सबै राजनीतिक दल तथा नागरिकको रहेको कुरामा जोड दिए ।

निर्वाचन सफल बनाउन सबैको साझा प्रयास आवश्यक रहेको भन्दै उनले नेपाली कांग्रेसले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गराउन अग्रणी भूमिका खेलेकाले वर्तमान चुनौती समाधानमा पनि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने दाबी गरे । केही दलहरू संघीयताको विरोधमा उभिँदै प्रदेश खारेजीको माग गरिरहेको आरोप लगाउँदै उनले राजनीतिक संक्रमणबाट मुलुकलाई बाहिर निकाल्ने अनुभव कांग्रेससँग रहेकाले जनता बुझिरहेका छन् र यस पटक पनि कांग्रेसलाई मतको अधिकार प्रयोग गरी जिम्मेवारी दिनेछ विश्वास व्यक्त गरे ।

यसैबीच शुक्रवार बेलुका जनमत पार्टीका केन्द्रिय सदस्य शुम्भनाथ साह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेता निधिले उनलाई आफ् नो निजी निवासमै फुलमाला र टिका लगाई दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका छ्न । पछिल्लो निर्वाचनमा प्रत्याशी समेत रहेका साहले पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो निर्वाचनमा मैले पाएको करीब ८ हजार मत अब म कांग्रेसमा आइसकेपछि जनतो कांग्रेसलाई नै दिनेछ विश्वास व्यक्त गरे ।

उनले थप्दै भने वर्तमान परिस्थितिबाट मुलुकलाई परिस्कृत भई बदलिएको कांग्रेसले निकास दिने सक्ने देखेर प्रवेश गरेको बताए । नेता निधिले साहलाई शुभकामना दिदैं भने साहको पार्टीमा आगमनले थप बल पुगेको छ । आसन्न निर्वाचनमा समेत साहको अहम् भूमिका रहने विश्वास लिएको बताए ।

Comment


Related News

Latest News

Trending News