नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं धनुषा ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले शुक्रवार क्षेत्रको लक्ष्मिनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छ्न । उनी मतदाताको घर घरमा पुगी आफ्नो चुनावी एजेण्डा बारे सम्झाउंदै सरकारमा नबसेपनि क्षेत्रका जनताका लागि गरेको काम बारे जानकारी गराएका थिए ।
यसै क्रममा बुढापाका मतदाताहरुसँग आर्शिवाद ग्रहण गर्दै युवाहरुलाई संघीयता जोगाएर मुलुकलाई विकासतर्फ डोरयाउन सक्ने एक मात्र कांग्रेस क्षमतावान रहेको बारे जनाएका थिए । घरदैलोको क्रममा संचारकर्मीसँग कुरा गर्दै उनले भने जनताले उम्मेदवारसँग प्रश्न गर्नु स्वाभाविक र जायज छ । तर प्रश्नको केन्द्र विगतमा निर्वाचित भएर पनि अपेक्षाअनुसार काम नगर्नेहरूमाथि हुनुपर्ने उनले तर्क गरे ।
यसपटकको चुनावी माहोलमा स्थानीय तहदेखि गाउँ बस्तीका चोकसम्म विकास, रोजगारी, सडक, सिंचाइ र शिक्षा–स्वास्थ्यका विषयमा व्यापक बहस भइरहेको छ । धेरै मतदाताले विगतका प्रतिनिधिले अपेक्षा अनुसार परिणाम विगतमा निर्वाचितहरुले दिन नसकेको गुनासो गर्दै क्षेत्रवासीको रहेको उनले बताए । यादवले भन्नुभयो, ‘ उम्मेदवारलाई प्रश्न गर्नु जनताको अधिकार हो । तर प्रश्न उसलाई गर्नुपर्छ, जो विगतमा निर्वाचित भएर गयो । म त चुनाव जितेको छैन ।’
उनका अनुसार विगतमा निर्वाचित प्रतिनिधिले क्षेत्रको दीर्घकालीन विकासमा ठोस उपलब्धि दिन नसक्दा अहिले जनता हिसाब खोजिरहेका छन् । यादवले भने ‘म चुनाव नजिते पनि धनुषा–४ मा सडक विस्तार, विद्यालय भवन निर्माण लगायतका थुप्रै काम गरेको छु’ उहाँले भन्नुभयो, ‘जनतासँगको सम्बन्ध चुनावमा मात्रै होइन, निरन्तर छ ।’
यादवले आफ्नो चुनावी एजेन्डा स्पष्ट गर्दै शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार र युवा रोजगारीलाई प्राथमिकतामा राखिएको बताउंदै केन्द्र र प्रदेश सरकारबीच समन्वय गरेर धनुषा–४ लाई समग्र विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । जनकपुरधाम वडा नं. ९ मा जारी तीन दिने घरदैलो अभियानको वडा सभापति विमलेश सिंह, वडाध्यक्ष परमेश्वर साह, महाधिवेशन प्रतिनिधि धीरेन्द्र मोहन झा, सुरेश कोइराला, ज्ञानेश्वर प्रसाद मण्डलसहितका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


