२०८२ फाल्गुन १७, आईतवार ०६:५५

फागुन ४ गतेदेखि जारी १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरु शनिवार करुणा पुगेका छन् आइतवार बिसौल पुग्ने ।

शुक्रवार औरही विश्राम गर्दै शनिवार करुणा पुगेको थियो । विशौलमा तिर्थालुहरु कमला नदीमा स्नान गरी त्यहाँस्थित ऋषि विश्वामित्रको मन्दिर दर्शन तथा पूजापाठ गर्नेछ । विसौल सम्पन्न पश्चात सोमवार परिक्रमा टोली जनकपुरधाम आइपुग्नेछ र मंगलवार अन्तरगृह परिक्रमा घुमेर सम्पन्न हुनेछ ।

फागुनको आँैशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको १३३ किलोमीटर दूरीको साधुसन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्दछन् । बृहत्, मध्य र अन्तरगृह गरि ३ प्रकारको परिक्रमा गर्ने चलन छ ।

तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेख्य नै छ । डोलाको पछि– पछि परम्परागत बाजागाजा, झाँकी किर्तन सहित मौलिक पहिरनमा लाखाँै नर–नारीहरु सहभागी हुने गर्छन । लावा लस्कर सहित मिथिलाको चारै स्थानका धार्मिक स्थलहरुको परिक्रमा गर्ने परम्परा छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ ।

१५ दिने माध्यमिकी परिक्रमलाई नै मध्यमा परिक्रमा भनिन्छ । १५ दिने परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किन्छ र जनकपुरधामको पाँच कोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ । १५ दिने परिक्रमाले जनकपुरधामलाई धार्मिक पर्यटकस्थलको रुपमा प्रसिद्धि दिलाउने गर्दछ ।

माध्यमिकी परिक्रमामा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे बेग्लाबेग्लै चर्चा गरिएको छ । मिथिला महात्म्य अनुसार १८ औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाइदैँ आएको छ । यस यात्रामा सहभागी हुने श्रद्धालु भक्तजनले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा गर्नुपर्छ ।

परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी हुने गर्छन् भने नेपालका विभिन्न स्थलबाट पनि साधुसन्त सहभागी हुने गर्दछन् ।

Comment


Related News

Latest News

Trending News