२०८२ फाल्गुन १७, आईतवार ०६:५९

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि महोत्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार बजरंग नेपाली घरदैलो कार्यक्रमको अन्तिम चरणमा पुगेको छ । उनले क्षेत्रका अधिकांश वडामा घरदैलो कार्यक्रम गरिसकेका छन् ।

शनिवार मनरासिस्वा ९ बथनाहामा होली मिलन समारोह कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुनिरहेका छन् । थरुवाहीमा आयोजित कार्यक्रममा स्थानीयवासी तथा युवाहरूले फूलमाला र खादा लगाएर उनलाई स्वागत तथा सम्मान गरेका छन् ।

संवादका क्रममा स्थानीय सहभागीहरूले विगतमा निर्वाचनका समयमा मात्र आश्वासन दिइने तर विकास र रोजगारीका क्षेत्रमा अपेक्षित उपलब्धि नदेखिएको गुनासो व्यक्त गरेका थिए । उनले स्थानीयको गुनासो सुन्दै जनताको माग अब गगन नेतृत्वमा बन्ने सरकारबाट पुरा गरिने प्रतिबद्धता व्यक्त गर्दै नेपाली कांग्रेसलाई जिताउन आग्रह गरे ।

उम्मेदवार नेपालीले निर्वाचित भएपछि स्थानीय समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने, उच्च शिक्षाका लागि गुणस्तरीय विद्यालय, सुविधा सम्पन्न अस्पताल पालिकाहरुमा, वर्षौदेखि अडकेका मणिपाल कलेजको संचालन, जलेश्वरनाथ महादेव मन्दिरलाई पर्यटकीय रुपमा विस्तार र रोजगारीलाई केन्द्रमा राखी विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

यस क्षेत्रको समस्या संघीय संसदमा पु¥याई क्षेत्रको समग्र विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने उनले भने । घरदैलोको क्रममा उनले संचारकर्मीसँग कुरा गर्दै भने विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर जनता समक्ष गइरहेको छु । कांग्रेसको जनप्रतिनिधि यस क्षेत्रमा नभएकाले विकास हुन सकेको छैन ।

अब म निर्वाचित भएपछि यहाँको विकाससँगै अधिकारको कुरा समेत संसदमा जोडतोडका साथ उठाउनेछु । स्थानीयवासीका अनुसार महोत्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा विभिन्न दलका उम्मेदवारबीचको प्रतिस्पर्धा दिन प्रतिदिन रोचक बन्दै गएको छ।

Comment


Related News

Latest News

Trending News