२०८२ फाल्गुन १७, आईतवार १७:००

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरुबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताउनुभएको छ ।

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चूनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच बर्षे योजनासहितको मुद्दामा बहस र प्रतिष्पर्धा हुने अपेक्षा आफुले गरेपनि त्यसो हुन नसक्नु दुर्भाग्य भएको बताउनुभएको हो । आफुले कीर्तिपुरको डाँडामा देखेको सपना देखेको जस्तै, अर्कोले पनि सपना देखेको होला भन्ने आफ्नो अपेक्षा यसपटक चूनावमा हुन नपाएको उहाको भनाइ छ ।

त्यस्तै सभापति थापाले अहिलेको चूनाव विशेष परिस्थीतिमा हुन लागेकाले जो जिते पनि हारे पनि नेपाल हार्न नहुने भन्दै उत्तेजनाको भाषा नबोल्न आग्रह गर्नुभयो । जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका छोराछोरीका आमाबुबालाई कम्तीमा देश सुशासनको बाटोमा हिँडेको भन्ने भरोसा दिलाउन सक्नुपर्ने उहाले बताउनुभयो ।

सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त बनाएर सुशासन कायम गर्नका लागि कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने धारणा राख्नुभयो ।

अहिले सामाजिक सञ्जालमा चलेको हल्लालाई आफुले अस्वभाविक नमान्ने भन्दै उहाले सामाजिक सञ्जाल घृणाको भाषा बोल्नेको पक्षमा हुने संसारभर देखिएको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News