२०८२ फाल्गुन १८, सोमबार ०६:४३

भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रहरीले सीमावर्ती नाकामा हरलाखी बोर्डर नजिक जलेश्वर कारागारबाट फरार एक कैदीलाई देशी पेस्तोल र लागू औषध गाँजासहित पक्राउ गरेको छ ।

पक्राउ परेका आरोपित धनुषाको मुखियापट्टी मुसहरनिया २ का अनरजीत राम रहेका छन् । उनको साथबाट भारतीय एसएसबी प्रहरीले एक देशी पेस्तोल, त्यसमा लाग्ने दुईवटा गोली र पोलिथिनमा प्याक गरिएका ४.२ किलोग्राम गाँजा मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

मधुबनी जिल्ला अन्तर्गतको हरलाखी प्रहरीको सहयोगमा इण्डो बोर्डर पिपरौन एसएसबी बीओपी एसएसबीका इन्सपेक्टर ऋषिकेश कुमारको नेतृत्वमा खटिएका एसएसबी प्रहरी टोलीले उनलाई पक्राउ गरी बिहार प्रहरीको जिम्मा लगाएको छ । नेपालको जलेश्वर कारागारबाट फरार बैंक डकैतीका आरोपित भारततर्फ आएको गोप्यको सूचनाको आधारमा हरलाखी प्रहरीको सहयोगमा मोटरसाइकलमा गइरहेका अनरजीत रामलाई एसएसबी प्रहरीले संयुक्त रुपमा घेराहाली पक्राउ गरेको हो ।

भारतीय प्रहरीलाई देखेर उनी भाग्न खोज्दा प्रहरी गाडीले पन्छयाउंदै उनलाई पक्राउ गरेको थियो । भारतीय राहदानी, आधार कार्ड, प्यान कार्ड, इन्डिया पोष्ट पेमेन्ट बैंकको कार्ड र मोबाइल फोन समेत बरामद गरिएको छ । उनी गाँजा पु¥याउन हरलाखीतर्फ गइरहेको क्रममा पक्राउ परेको हो । उनले गाँजा कसलाई पु¥याउन गइरहेको व्यक्तिको खोजी र थप अनुसन्धान बिहार प्रहरीले अघि बढाइसकेको जनाइएको छ ।

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंक लुटेको आरोपमा २०८० कात्तिक २० गते पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको थियो । पछिल्लो पटक जेनजी आन्दोलन भएको क्रममा भदौ महिना २८ गतेका दिन कारागार भित्रै आन्दोलन र तोडफोड हुँदा अन्य कैदी सहित अनरजीत राम पनि फरार भएका थिए ।

रामसहित ४/५ जनाको समूहले गत जेठ १६ गते दिउँसो १२ बजेर ३५ मिनेटमा महोत्तरीको महोत्तरी गाउँपालिका २ महोत्तरी बजारस्थित एनमबी बैंकबाट हतियार देखाएर १५ लाख रुपैयाँ लुटेका थिए । सो आरोपमा भारतको मधुबनी जिल्ला हरलाखी फुलहर टोल गोपालपुर निवासी अजयकुमार साफी पनि पक्राउ परेका थिए । फी पनि पक्राउ परेका थिए । उनीहरु विरुद्ध हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा चलाइएको थियो ।

Comment


Related News

Latest News

Trending News