२०८२ फाल्गुन १८, सोमबार ०७:१२

अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक सैन्य आक्रमणपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । पछिल्लो घटनाक्रमसँगै राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ, त्यहाँ सदस्य राष्ट्रहरूबीच तीव्र आरोप–प्रत्यारोप भएको छ ।

राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा महासचिव एन्टिनियो गुटरेसले तत्काल युद्धविराम, संयमता र नागरिक सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कानूनको पालना गर्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतले आक्रमणलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक कदम भएको बताएका छन् । तर इरानले शक्तिको प्रयोगमार्फत कुनै राष्ट्रको राजनीतिक भविष्य निर्धारण गर्न नहुने भन्दै कडा आपत्ति जनाएको छ ।

रुसले यसलाई ‘कूटनीतिक प्रयासमाथिको विश्वासघात’ भनेको छ । चीनको विदेश मन्त्रालयले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएको घटनालाई इरानको सम्प्रभुतामाथिको गम्भीर उल्लङ्घन भन्दै निन्दा गरेको छ । आक्रमणपछि मध्यपूर्वका धेरै देशहरूले आंशिक वा पूर्ण रूपमा हवाई क्षेत्र बन्द गरेका छन् । हजारौँ अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

Comment


Related News

Latest News

Trending News