आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रौतहट जिल्लाको राजापुर नगरपालिका–३ मा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकाय सतर्क बनेका छन्।
भारतीय सीमासँग जोडिएको उक्त क्षेत्रको सार्वजनिक सडकछेउ खाली ड्रमभित्र तार र पाइप जडित वस्तु देखेपछि स्थानीयले आज बिहान प्रहरीलाई जानकारी गराएका थिए। सूचनापछि तत्काल प्रहरी टोली घटनास्थल पुगेको हो।
घटनाबारे पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्याल ले शंकास्पद वस्तुको प्रकृति पत्ता लगाउन आवश्यक छानबिन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार गौर–पुरेनवा स्थित नारायण दल गण बाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय रौतहट ले घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको जनाएको छ।



