२०८२ फाल्गुन १८, सोमबार १२:५५

सुनको भाउ आज बढेको छ ।

सुन आज तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २० हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ३५ रुपैयाँले बढेर तोलाको ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ९ सय ८५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News