२०८२ फाल्गुन १९, मंगलवार ०७:५०

जनकपुरधामको अन्तः गृह परिक्रमासंगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा मंगलबार सम्पन्न हुने भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीको मिथिला बिहारी मन्दिरबाट फागुन ८ गतेदेखि भगवानको डोला निस्केपछि १५ दिने मध्यमा परिक्रमा आरम्भ भएको थियो । परिक्रमामा सहभागी भएका श्रद्धालु पदयात्रीले नेपाल र भारतका विभिन्न विश्राम स्थलमा विश्राम गर्दै सोमबार जनकपुरधाम पुगेका छन् भने मंगलबार जनकपुरधामको अन्तःगृह परिक्रमासंगै समापन हुनेछ ।

अन्तःगृह परिक्रमा समापन भएसंगै जनकपुरधाम क्षेत्रमा होली मनाइने परम्परा रहेको छ । नेपाल– भारत दुवै देशको धार्मिक, सामाजिक तथा सांस्कृतिकको प्रतीक रहेको परिक्रमा पद यात्राको क्रममा नेपालमा १३ एवं भारतमा २ गरी १५ वटा विश्रामस्थल छन् ।

परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १०७ र भारतका २६ गरी १३३ किलोमिटर पैदल यात्रा गर्ने गर्छन् ।

Comment


Related News

Latest News

Trending News