२०८२ फाल्गुन १९, मंगलवार ०९:४१

विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका आधा दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)मा प्रवेश गरेका छन्।

साबिक मलेकपुर गाविसका अध्यक्ष सुरेन्द्र प्रसाद यादवसहित आधा दर्जन कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको छन् ।

यादव गत विष्णुपुर गाउँपालिकाको स्थानीय तह निर्वाचनमा समेत उम्मेदवार बनेका थिए र लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न थिए।

उनीहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।

Comment

Related News

Latest News

Trending News