२०८२ फाल्गुन १९, मंगलवार १७:२२

सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

प्रसाईंको गिरफ्तारीविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका प्रसाईंलाई आइतबार (फागुन १७ गते) प्रहरीले भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले पाँच दिन थुनामा राख्न अनुमति दिएको थियो।

फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते छ। प्रसाईंलाई फागुन २२ गतेसम्म हिरासतमा राख्ने प्रशासनको तयारी छ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईंले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन्।

राजावादी अभियन्ता प्रसाईँ यसअघि पटकपटक पक्राउ र रिहा हुँदै आएका थिए।

Comment

Related News

Latest News

Trending News