२०८२ फाल्गुन २१, बिहीबार ०६:४०

मधेश प्रदेशमा प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा थ्रेट देखिएको छ । धनुषा र पर्सा जिल्लामा छुट्टाछुट्टै भएको घटनाले सुरक्षा चुनौती थपेको छ । धनुषाको मिथिला नगरपालिकास्थित रातो पुल र बडहरी पुल क्षेत्रमा भएका शंकास्पद वस्तु विस्फोटनमा परी चार जना घाइते भएका छन् । घाइते हुनेमा दुई बालबालिका र कैलालीका दुई युवक रहेका छन् ।

धनुषा प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइ बम डिस्पोजल टोलीमार्फत बाँकी शंकास्पद वस्तु निष्क्रिय पारेको छ । धनुषामा क्रान्तिकारी कम्युनिष्ट पार्टी धनुषाका सेक्रेटरी नन्द कुमार झा नन्दु र नेकपा बहुमत धनुषाका जिल्ला सेक्रेटरी नागेन्द्र दास रहेको धनुषा प्रहरीले जनाएको छ । नेता नन्दु र दासलाई मंगलबार साँझमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई अदालतमा पेश गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा पर्सा प्रहरीले ९ थान सुतली बम र सुँगुरको टाउकोसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले निर्वाचनको मुखमा दुई समुदायबीचमा द्वन्द्व भड्काउन चाहेको बुझाइ रहेका छ । मधेश प्रदेश प्रहरीले समयमै सुरक्षा सतर्कता अपनाएकाले सम्भावित ठूलो दुर्घटना टरेको जनाइएको छ । निर्वाचनलाई लक्षित गरी प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले नागरिकलाई अफवाहमा नपर्न र शंकास्पद वस्तु फेला परे तत्काल जानकारी दिन आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News