२०८२ फाल्गुन २१, बिहीबार ०६:४८

राष्ट्रिय सुरक्षा परिषद्को बैठकले मतदानका लागि देशमा जटिल सुरक्षा चुनौती नभएको निष्कर्ष निकालेको छ । चुनावको पूर्वसन्ध्यामा हिजो प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले चुनावका लागि सुरक्षा अवस्था दुरुस्त रहेको निष्कर्ष निकालेको हो ।

बैठकमा देशको सुरक्षा अवस्थाको समीक्षा गर्दै चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएकाले चुनाव निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गले सम्पन्न गराउने विषयमा छलफल भएको छ । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावमा हिंसा र अफवाह फैलाउन खोज्ने केही समूहलाई कानुनको दायरामा ल्याइसकिएको भन्दै ढुक्कले मतदान गर्न सक्ने अवस्था रहेको बताउनुभयो ।

कतिपयले हिंसात्मक गतिविधि गर्न खोजेको भए पनि केहीसँग समयमै संवाद त केहीलाई नियन्त्रणमा लिएर शान्तिपूर्ण रूपमा चुनाव हुने वातावरण बनाएको उहाँको भनाइ थियो । गृहमन्त्री अर्यालका अनुसार चुनावलाई भयरहित वातावरणमा सम्पन्न गराउन प्रदेशको सुरक्षा समितिलाई समेत सक्रिय बनाइएको छ ।

तत्काललाई कुनै चुनौती नभएको र चुनावको समयमा आइपर्नसक्ने चुनौतीलाई तत्काल आपसी समन्वयमा परिचालन गर्ने परिषदले निर्णय गरेको छ । नेपाल प्रहरीका अनुसार, चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्न सीसी टीभी र ड्रोनमार्फतसमेत निगरानी गरिनेछ ।

Comment


Related News

Latest News

Trending News