२०८२ फाल्गुन २१, बिहीबार १४:१५
महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर २ बेलामा सवारी चेकजाँचका क्रममा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापर नगद रकमसहित पक्राउ परेका छन् ।
बुधबार राती (हिजो) प्रदेश ०१–०२५ च ००२४ नम्बरको गाडीमा सवार कापरलाई स्थानीयवासीले शंकास्पद गतिविधि गरिरहेको देखेपछि नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। त्यसपछि प्रहरीले गाडी खानतलासी गर्दा नगद रकम फेला परेको प्रहरीले जनाएको छ। बरामद रकमको परिमाण भने सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। निर्वाचन आचारसंहिता उल्लंघन भएरनभएको विषयमा समेत छानबिन जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।



