२०८२ फाल्गुन २१, बिहीबार १९:२५

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा देशभर करिब ६० प्रतिशत मतदान प्रारम्भिक अनुमान गरेको छ ।

बिहीबार मतदान सम्पन्न भएपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुल ६० प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो । उहाँले विस्तृत विवरण सङ्कलन जारी रहेको उल्लेख गर्दै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको बताउनुभयो ।

उहाले दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जानकारी दिनुभयो । कार्यबाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सुरु गरिने गरि सवै स्थानमा तयारी भएको समेत बताउनुभयो । मताधिकारबाट प्रतिनिधि चुन्ने र शासन सत्ता सञ्चालनको प्रक्रियालाई पूर्णता दिने अभियानमा सहभागी भएको प्रति उहाले सवैप्रति आभार व्यक्त गर्नुभयो ।

उहाले कतिपय स्थलमा मतदाताले मतदानमा सहभागी हुन अस्वीकार गरेको सन्दर्भमा सरकार वा जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा कतिपय स्थानमा मतदाताको असन्तुष्टि रहेपनि उक्त असन्तुष्टि आयोगप्रति नभएको जिकिर गर्नुभयो ।

आयोगले छिटो भन्दा छिटो निर्वाचन परिणाम गर्ने गरि आवश्यक तयारी गरेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News