२०८२ फाल्गुन २२, शुक्रबार ०७:११

सर्लाहीबाट चुनाव लडेका करीब आधा दर्जन शिर्षस्थ नेताहरुले आफूलाई नै मतदान गर्न पाएका छैनन् । सर्लाही ४ बाट कांग्रेसको उम्मेदवार रहेका गगनकुमार थापा सर्लाही ४ मा मतदान गरेर दिउँसो मात्र सर्लाही आइपुगे ।

हेलिकप्टरबाट सर्लाही आएपछि उनले क्षेत्र नं. ४ का मतदान केन्द्रहरुको निरीक्षण गरेका छन् । गोरखाको मतदाता रहेका सर्लाही ३ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायण काजी श्रेष्ठले पनि आफूलाई मतदान गर्न पाएन । सर्लाही २ बाट उम्मेदवार रहेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि आफूलाई मतदान गर्न पाएनन् । उनले क्षेत्र नं. १ स्थित चन्द्रनगर गाउँपालिका २ बबरगन्जमा रहेको दुर्गा खोभारी माविबाट मतदान गरेका छन् ।

सर्लाहीमा नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री महेन्द्र राय यादव, पूर्व मन्त्री हरिप्रसाद उप्रेती, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठलगायत अन्य उम्मेदवारले भने आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन् ।

यस्तै सिराहाका दुई उम्मेदवार समेत आफैलाई भोट हाल्न पाएका छैनन् । सिराहा निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार सन्तोष सिलवाल र क्षेत्र नं. २ श्रम संस्कृति पार्टीका उम्मेदवार गंगाराम ठाकुरले आफ्नो भोट आफैँलाई हाल्न पाएनन् ।  काठमाडौं टोखा नगरपालिका– ५ धापासी घर भएका सिलवालको नाम मतदाता सूचीमा नाम उतै भएकाले आफ्नो लागि भोट हाल्न नपाउने भएका हुन् । त्यस्तै, ठाकुरको नाम क्षेत्र नं. ३ मा पर्ने गोलबजार नगरपालिका– ६ स्थित जनहित मा.वि. डोहटिया मतदानस्थलमा भएकाले उम्मेदवार भए पनि आफ्नो भोट अन्यलाई दिनुपर्ने, तर आफूलाई दिन पाएनन् ।

सिराहाको चारवटा निर्वाचन क्षेत्रबाट विभिन्न सानाठुला दल र स्वतन्त्र गरी एक सय ३८ जना प्रतिस्पर्धामा छन् । निर्वाचनमा विभिन्न दलबाट तीन र पाँच स्वतन्त्र गरी आठजना महिलासहित ५३ दलीय र ८५ स्वतन्त्र उम्मेदवार छन् । कुल चार लाख ५३ हजार ६४५ मतदाता रहेको जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दुई लाख ४१ हजार ६१५ पुरुष, दुई लाख १२ हजार २८ महिला र दुई अन्य मतदता रहेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News