२०८२ फाल्गुन २२, शुक्रबार १७:३९

प्रतिनिधिसभा चुनावको मतगणनामा प्रत्यक्षतर्फ ठूलो अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फको शुरुआती गणनामा पनि फराकिलो अग्रता लिन थालेको छ ।

देशभरका निर्वाचन क्षेत्रमा गरी अहिलेसम्म १९ हजार ७२८ मतगणना भएकोमा रास्वपाले ११ हजार ५६२ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ३ हजार ६६४, तेस्रोमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ हजार ७५२ र चौथोमा रहेको नेकपा एमालेले १ हजार १५२ मत पाएको छ ।

Comment


Related News

Latest News

Trending News