२०८२ फाल्गुन २३, शनिबार ०७:००

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको नागरिक सरकारको अगुवाईमा सम्पन्न निर्वाचनको प्रारम्भिक रुझान देखेर नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा मधेशवादी दलका शीर्ष नेताहरुको प्रतिक्रिया आउँदै गर्लान् । तर मैले यसलाई ‘नेपाली जनताभित्रका आक्रोशको सालीन अभिव्यक्ति’ भनेको छु ।

२०८२ फागुन २१ को जनमतले डंकाको चोटमा भनेको छ– बुलेटभन्दा बैलेट बढि महत्वपूर्ण हुन्छ । अब आलो पालोको युग गयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने जस्तै जनताको सामु कोही पेले हुँदैन । कुनै ज्योतिषिको लहैलहैमा शेरबहादुर देउवाजस्ता पात्र सात÷सात पटक प्रधानमन्त्री हुँदैनन् । पहिचानको नारा दिएर मधेश आन्दोलनमा होमिन लगाउँने अनि पार्टी भित्र जातीय वा वंशवाद चलाउन छुट हुने छैन ।

कम्प्युटर विज्ञानका वैज्ञानिक राजनीतिका पनि ज्ञाता हुन्छन् भन्ने जरुरी छैन । जनमतको आक्रोशको यस सालीन अभिव्यक्ति देखेर देश दुनिया चकित छ । प्रारम्भिक रुझान परिणाममा रुपान्तरण भयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा पार्टीद्वारा प्रस्तावित प्रधानमन्त्रीका अनुहार बालेन्द्र साह मुलुकको सबभन्दा लोकप्रिय नेता (हिरो) भएर उदाउने पक्का हो ।

‘न भूतो न भविष्यति….’ बालेन्द्रको लोकप्रियता इतिहासमै दर्ज हुने छ । सम्भवतः रास्वपा दुई तिहाइ बहुमतको सरकार बनाउन सफल हुने छ । रास्वपाको यस ऐतिहासिक जनादेशले केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, महन्थ ठाकुर, उपेन्द्र यादव र डा.सीके राउतलगायतका नेताहरुलाई ऐना देखाएको छ र भनेको छ– तिमीहरुको राज्य सञ्चालन गर्ने शैली जनता मैत्री भएन ।

तिमीहरुले राज्यका सम्पूर्ण अंग र निकायमा चरम राजनीतिकरण ग¥यौँ । युवा पुस्ता (जेन–जी) को शालीन विद्रोहलाई अपराध भन्यौँ । ७४ जनाको ज्यानजाने गरी तथा अर्बौको निजी तथा सरकारी सम्पति स्वाहा हुने गरी भएको घटनाको जिम्मेवारी लिएनौँ र पनि सत्ता माथि ¥याल चुहाएर बसि रह्यो । अब अति भो । कम्प्यृटर इञ्जिनियर भए पनि एउटा रैपरको रुपमा ख्याति कमाएका बालेन्द्र साहको राजनीतिक कैरियर काठमाण्डु महानगर पालिकाको मेयरको रुपमा शुरु भएको थियो ।

३ वर्षे कार्यकालमा उनले काठमाण्डु उपत्यकाको सौन्दर्यीकरण तथा व्यवस्थापनको लागि गरेको कामको सराहना भएको थियो । खासमा फोहोर व्यवस्थापनको मामिलामा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको असहयोग पश्चात् एउटा मेयरको रुपमा उनले गरेको विद्रोह युवा वर्गलाई औघि मन परेको थियो । आम निर्वाचनको प्रारम्भिक रुझान परिणाममा परिणत हुँदा उनि प्रतिनिधि सभामा बहुमत प्राप्त (सम्भवतः दुई तिहाइ) प्रधानमन्त्री बन्ने छन् । संविधान संशोधन गरेर पनि उनी देशमा सुशासन ल्याउन सक्छन् ।

देशलाई भ्रष्टाचारमुक्त गर्न सक्छन् । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग आदिको क्षेत्रमा सकारात्मक रणनीति बनाउँन सक्छन् । जनहितमा काम गर्दा हाल जनताको आक्रोशमा परेका पारम्परिक राजनीतिक दलहरुको साथ सहयोग रहने नै छ । तर जनताले दिएको जिम्मेवारी निर्वाह गर्नु चुनौतीपूर्ण हुन्छ । कारण फागुन २१ को निर्वाचनले एउटा पार्टी वा नेतामाथि देखाएको विश्वास पहिलो घटना भने होइन ।

२०१५ सालमा प्रतिनिधि सभाको लागि १ सय ९ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचिनमा ७४ सिट जितेर नेपाली कांग्रेस सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो । बीपी कोइराला देशको पहिलो प्रजातान्त्रिक निर्वाचित प्रधानमन्त्री बनेका थिए । तर बीपि कोइराला नेतृत्वको सरकारलाई अपदस्त गरी राजा महेन्द्र पञ्चायती व्यवस्था शुरु गरेका थिए । कांग्रेसका अनेकाँै शीर्ष नेता राजाका मतियार बनेका थिए ।

प्राप्त उपलब्धि गुमेको थियो । २०४८ सालमा सम्पन्न दोश्रो बहुदलीय प्रतिस्पर्धामा आधारित निर्वाचनमा पनि नेपाली कांग्रेसले प्रतिनिधिसभाका २०५ मध्ये ११० सिट जितेर प्रष्ट बहुमत प्राप्त गरेको थियो । तर कांग्रेस भित्रको किचलोको कारण मध्यावधि निर्वाचनमा जानु परेको थियो । पछिल्लो पटक नेकपा माओवादी केन्द्रले स्पष्ट बहुमत प्राप्त ग¥यो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टीले पनि प्रष्ट बहुमत प्राप्त गरेको थियो ।

तर पाँच वर्ष चल्ने स्थिर सरकार बन्न सकेन । अतः झण्डै दुई तिहाइ तिर लम्किँदै गएको रास्वपा पार्टी र प्रधानमन्त्रीको रुपमा प्रस्तावित बालेन्द्र साहको काँधमाअवसरसंगै चुनौतीपनिथपिएको छ । उहाँको पहिलो चुनौती भनेको सहकारी पीडितहरुलाई न्याय दिलाउनु हो । त्यसपछि निर्वाचनताका उम्मेदवार चयनमा भएको बेथितिको पुनरावृति रोक्नु, जेन–जी पुस्ताको माँग सम्बोधन तथा संविधान संशोधन मार्फत शासकीय स्वरुपमा परिमार्जन तथा सरकारी निकायहरुमा चुलिएको राजनीतिक हस्तक्षेप अन्त्य गर्नु महत्वपूर्ण हो ।

बालेन्द्र साहले के पनि हेक्का राख्नु पर्दछ भने केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउतजस्तालाई पाठ सिकाउन सक्ने जनता जनार्दन कसैलाई पनि तह लगाउन सक्छन् ।

Comment


Related News

Latest News

Trending News