राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै संयमित भएर अघि बढ्ने बताउनुभएको छ ।
चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसंगै विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले मात्तिएर नभइ संयमित भएर प्रतिपक्षीलाई समेत साथमा लिएर फरक मतको सम्मान गर्दै अघि बढ्ने बताउनुभएको हो ।
उहाले रास्वपाका नेता लगाएत सवै कार्यकताहरु बढि जिम्मेवार हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । जनताले दिएको जिम्मेवारी, जनताले चाहे खोस्न पनि सक्ने भएकाले रास्वपा सजक भएर अघि बढ्ने उहाको भनाइ छ । सभापति लामिछानेले विगतमा भएका कमीकमजोरीहरूलाई पनि सुधार गर्दै अलिकति परिपक्व ढङ्गले मुलुकलाई अगाडि लिएर जानेमा निर्धक्क हुन आग्र गर्नुभयो ।
उहाले मुलुक सुरक्षित हातमा छ भन्ने कुरा विश्व समुदायलाई पनि आश्वस्त गराउन चाहेको धारणा राख्नुभयो । लामिछानेले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
चितवन क्षेत्र नं २ बाट लामिछाने ५४ हजार ४०२ मतका साथ बिजयी हुनुभएको हो ।
सो क्षेत्रमा कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्नुभएको छ ।


