२०८२ फाल्गुन २३, शनिबार २०:२०

नेकपाका प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित भएका छन्।

निर्वाचन आयोगको अन्तिम मत परिणाम अनुसार, पुनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार वलीलाई १५ हजार ४५२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

पुनले कुल २७ हजार ४६० मत प्राप्त गर्दा कांग्रेसका वलीले १२ हजार ८ मतमा चित्त बुझाए। यस्तै, नेकपा एमालेका उम्मेदवार बालराम थापा १० हजार ८९४ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्।

Comment


Related News

Latest News

Trending News