२०८२ फाल्गुन २४, आईतवार ०७:२४

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मधेश प्रदेशको ३२ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को अग्रता कायम रहेको छ ।

फागुन २१ गते सम्पनन प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेश प्रदेशको ३२ वटै निर्वाचन क्षेत्रमध्ये नौ वटामा रास्वपा विजयी भइसकेको छ भने २१ वटामा निर्वाचन क्षेत्रमा अग्रता लिएको प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले जनाएको छ ।

शनिबार रातिसम्म मतपरिणाम सार्वजनिक भए अनुसार धनुषा, महोत्तरी, सर्लाही, रौतहटमा १÷१, बारामा ३ र पर्सामा २ वटा गरी कुल ९ वटा निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ । धनुषा– १ मा नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव र रौतहट– २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलमले अग्रता लिएका छन् ।

यसबाहेकको २१ वटा निर्वाचन क्षेत्रमा रास्वपाले फराकिलो मतान्तरले अग्रता लिएको छ । धनुषा– ३ मा रास्वपाका प्रवक्तासमेत रहेका मनिष झा, महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो, सर्लाही– २ मा रास्वपाका रबिन महतो, रौतहट–१ मा रास्वपाका राजेशकुमार चौधरी, बारा–१ मा रास्वपाका गणेश धिमाल, बारा– ३ मा रास्वपाका अरबिन्द साह, बारा– ४ मा रास्वपाका रहबर अन्सारी, पर्सा–१ मा रास्वपाका बुद्धि प्रसाद पन्त र पर्सा– २ मा सुशील कुमार कानु निर्वाचित भएका छन् । सप्तरी–१ मा रास्वपाकी पुष्पाकुमारी चौधरी, सप्तरी– २ मा रास्वपाका रामजी यादव, सप्तरी– ३ मा रास्वपाका अमरकान्त चौधरी र सप्तरी– ४ मा रास्वपाका सीताराम साहले अग्रता लिएका छन् ।

त्यस्तै सिरहाको निर्वाचन क्षेत्र नम्बर –१ मा रास्वपाका बब्लु गुप्ता, सिरहा – २ मा रास्वपाका शिवशंकर यादव, सिरहा– ३ मा शम्भुकुमार यादव र सिरहा– ४ मा तपेश्वर यादव अग्रता लिएका छन् । त्यस्तै धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी( नेकपा)का उपमहासचिव मातृकाप्रसाद यादव अग्रता लिएका छन् ।

धनुषा– २ मा रास्वपाका रामविनोद यादव, धनुषा– ४ मा रास्वपाका राजकिशोर महतोले अग्रता कायमै राखेका छन् भने धनुषा– ३ मा रास्वपाका प्रवक्ता झाले ४३ हजार ९८८ मत ल्याइ निर्वाचित भएका छन् ।

त्यस्तै महोत्तरी–१ मा रास्वपाका महतो ३४ हजार ६३६ मत ल्याइ फराकिलो मतान्तरले निर्वाचित भएका छन् । महोत्तरी– २ मा रास्वपाकै दीपककुमार साह, महोत्तरी– ३ मा रास्वपाका उज्ज्वलकुमार झा, रास्वपाकी गौरी कुमारीले अग्रता कायमै राखेकी छन् ।

त्यस्तै सर्लाही–१ मा रास्वपाकी नितिमा भण्डारी (कार्की), सर्लाही– ३ मा रास्वपाकै नरेन्द्र साह कलवार र सर्लाही– ४ मा रास्वपाका अमरेश कुमार सिंहले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् भने सर्लाही– २ मा रास्वपाका रबिन महतो ४२ हजार ५१२ मत ल्याइ निर्वाचित भएका छन् ।

त्यस्तै रौतहट–१ मा रास्वपाका राजेशकुमार चौधरी २८ हजार ९४६ मत लाई निर्वाचित भएका छन् भने रौतहट– २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलमले अग्रता लिएका छन् ।

रौतहट– ३ मा रास्वपाका रवीन्द्र पटेल, रौतहट– ४ मा पनि रास्वपाकै गणेश पौडेलले अग्रता कायमै राखेका छन् । त्यस्तै बारा–१ मा रास्वपाका गणेश धिमाल निर्वाचित भएका छन् भने बारा– ३ मा रास्वपाकै अरबिन्द साह ४० हजार ६९७ मत र बारा– ४ मा रास्वपाका रहबर अन्सारीले ४१ हजार २०० मत ल्याइ निर्वाचित भएका छन् ।

भने बारा– २ मा भने रास्वपाकै चन्दनकुमार सिंहले अग्रता लिएका छन् । त्यसैगरि पर्सा–१ मा रास्वपाका बुद्धि प्रसाद पन्त २७ हजार २७४, पर्सा– २ मा रास्वपाका सुशील कुमार कानु ३० हजार ७४० ल्याइ निर्वाचित भएका छन् भने पर्सा– ३ मा रास्वपाकै रामाकान्त प्रसाद चौरसीया र पर्सा– ४ मा पनि रास्वपाकै टेक वहादुर शाक्यले अग्रता लिएका छन् ।

Comment


Related News