२०८२ फाल्गुन २४, आईतवार ०७:३१

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सहितका दल सीमित संख्यामा निर्वाचित हुँदै गर्दा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चिन्ताले सताउन थालिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसंग झण्डै ५० हजार मतान्तरमा पराजित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धरपकड गर्ने डरले सताउन थालेका छन् ।

देशव्यापी रुपमा रास्वपा भारी मतान्तरले जितिरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले रास्वपा सरकारले आफूमाथि धरपक्कड गर्ने तयारी पहिले नै थालिसकेको ब्रिफिङ गरेका छन् । मतगणनाको शुरुवातदेखि नै पछाडि परेका अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेका एमालेका केही केन्द्रीय सदस्य र नेताहरुसंग ओलीले अब रास्वपाको सरकारले विभिन्न हतकण्डा अपनाउने र आफूलाई जेल हाल्ने प्रयास गर्ने ब्रिफिङ गरेका छन् ।

अध्यक्ष ओलीलाई भेटेर निस्किएका एक नेताले भने, ‘उहाँमा मैले पनि पार्टीमा सबैलाई मिलाएर लैजानुपथ्र्यो भन्ने महसुस भएको नपाइए पनि अब रास्वपाको सरकार बनेपछि यिनीहरुले अनेक उधुम गर्न खोज्छन् ।’ ती नेताले भने, ‘हामीलाई धरपक्कड गर्ने, जेल हाल्ने तयारी छ । सबै परिस्थितिको सामना गर्न तयार हुनुपर्छ । भदौ २३ र २४ मा भएको जेन– जी आन्दोलनदेखिका विभिन्न घटनाहरु भए सबै यही परिस्थिति सिर्जना गर्नका लागि थियो भन्ने उहाँको बुझाइ छ । चुनाव रोक्न र प्रतिनिधि सभा पुनस्र्थापनाको मुद्दा सर्वोच्च अदालतबाट टुंगो लगाउन कांग्रेस र प्रचण्ड नेतृत्वको नेकपाको साथ नपाएको भन्ने उहाँको कुरा थियो ।’

चुनावी परिणाम आउँदै गर्दा अध्यक्ष ओली निवासमा नेता कार्यकर्ताको आवतजावत भने पातलो देखिएको छ । अध्यक्ष ओलीले अब बन्ने रास्वपा सरकारले आफूसहित उनीहरुले भन्ने गरेका पूराना पार्टीका नेताहरुमाथि धरपकड, मुद्दा मामिला र जेल हाल्ने प्रपञ्च गर्ने पूर्व संकेत सुनाए ।

अध्यक्ष ओलीले नेपालमा संविधान र लोकतन्त्र स्थापना गर्ने दलहरुलाई सिध्याउन लामो समयदेखिको भूराजनीतिक डिजाइन सफल बनाउन खोजिएको समेत बताए ।

यता उच्च स्रोतका अनुसार देशव्यापी रुपमै पहिलो चरणमा एमालेका केही पदाधिकारीलाई जुनसुकै बेला वारेन्ट जारी गरी पक्राउ गर्ने योजना रहेको छ । तर क–कसलाई धरपक्कड गर्ने भन्ने योजना अति गोप्य नै राखिएको छ । प्रतिनिधिसभा सदस्यको मतपरिणाम अनुसार रास्वपा झण्डै दुई तिहाइ मत ल्याइ आफ्नै नेतृत्वका सरकार बनाउने छन् । रास्वपाको सरकार बन्नु अघि नै पक्राउ गरि सक्ने उच्च स्रोतको दाबी छ । तर यसको पुष्टि भने भइनसकेको अवस्था छ ।

Comment


Related News

Latest News

Trending News