२०८२ फाल्गुन २४, आईतवार ०७:४२

निर्वाचनको समयमा फेसबुकमा मात्र दलीय र स्वतन्त्रसहितका उम्मेदवारहरूले एक करोड १९ लाख रुपैयाँको प्रचार गरेका छन् ।

फेसबुकको एड लाइब्रेरीको विवरण अनुसार विभिन्न उम्मेदवारदेखि लिएर कम्पनीहरूले समेत उम्मेदवारहरूको प्रचार सामग्री राखेर फेसबुकमा बुस्ट गरेको देखिन्छ ।

यसमा ३० दिनमा सबैभन्दा धेरै खर्च माई भोइस काउन्ट्स नाम फेसबुक पेजले खर्च गरेको देखिन्छ । यो फेसबूक पेज कुन दलले अघि सारेको पहिचान नभएपनि उनको प्रचार प्रसारले रास्वपाको रहेको प्रचारशैलीसँग मेल खान्छ । उसले एक महिनाको अवधिमा १ सय २८ वटा विज्ञापन फेसबुकमा बुस्ट गर्दा ४ हजार १ सय ७३ अमेरिकी डलर (६ लाख १३ हजार ४ सय ३१ रुपैयाँ) खर्च गरेको छ ।

उसले आफ्नो पेजबाट कुन क्षेत्रमा कसले जित्छ भनेर मत सर्वेक्षण गर्ने धेरै सामग्रीहरू बुस्ट गरेको देखिन्छ । निर्वाचन आचारसंहिता अनुसार मत सर्वेक्षण गर्नु गैर कानुनी भएपनि उसले क्षेत्रगत रूपमा फेसबुक पेजमा सामग्री राखेर बुस्ट गरेको देखिन्छ । यसको एप ५० हजार बढी डाउनलोड भइसकेको देखिन्छ ।

उसले भोटका लागि शुल्क लिने गरेको देखियो । दोस्रो नम्बरमा काठमाडौँ ९ बाट एमालेबाट उम्मेदवार बनेका डा अजय क्रान्तिको प्रचारमा खर्च भएको छ । अजयक्रान्ती फलोअर्स नामक फेसबुक पेजबाट एक महिनामा २ सय २७ वटा सामग्री प्रचार गर्न ३ हजार ६९ अमेरिकी डलर (४ लाख ५१ हजार १ सय ४३ रुपैयाँ) खर्च भएको छ। बुस्ट गरिएका सामग्रीमा उनको घरदैलो लगायतका सामग्रीहरू रहेका छन् ।

तेस्रो नम्बरमा साझापार्टी नामक पेजबाट ४९ वटा सामग्री बुस्ट गर्दै २ हजार ९ सय २२ अमेरिकी डलर (४,२९,५३४ रुपैयाँ) खर्च गरेको देखिन्छ। यसका लागि स्ट्रिउ होल्डिङसबाट बुस्ट भएको देखिन्छ। बुस्ट भएका सामग्रीहरूमा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालादेखि लिएर राप्रपाका गौरव बोहरा, रास्वपाका दीपक बोहरासम्मका चुनावी सामग्री छन् ।

चौथो नम्बरमा एमालेका उम्मेदवार क्षितिज थेबेले फेसबुकमा २ हजार ४ सय २३ अमेरिकी डलर (३ लाख ५६ हजार १ सय ८१ रुपैयाँ) खर्च गरेका छन्। उनको पेजबाट आफ्नै चुनावी सामग्रीहरू प्रचार भएको देखियो। उनको सामग्री क्षितिज थेबे जिताऊ अभियान नामक पेजबाट समेत २ लाख १६ हजार रुपैयाँ तिरेर बुस्ट भएको देखिन्छ । पाँचौँ नम्बरमा देखिए कांग्रेस उम्मेदवार नैनसिंह महर । उनले २ हजार २ सय १९

Comment


Related News