२०८२ फाल्गुन २४, आईतवार ११:३७
महोत्तरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उहाँले ३२ हजार ४५१ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ मत ल्याउनुभयो । स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत, नेपाली कांग्रेसका उम्मेदवार बजरङ्ग नेपालीले ४ हजार ३२४ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



