२०८२ फाल्गुन २४, आईतवार ११:५८
स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन २४) सुनको मूल्य ३५ सय रुपैयाँले बढेको हो ।
आजका लागि प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँ तोकिएको छ ।
यसअघिको कारोबार दिन शुक्रबार (फागुन २२) मा तोलाको तीन लाख १३ हजार ४०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४७५ रुपैयाँ कायम भएको छ ।



