२०८२ फाल्गुन २५, सोमबार १७:३८
प्रतिनिधि सभा सदस्य चुनावअन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सुधन गुरुङ विजयी हुनुभएको छ । गुरुङ २९ हजार ८९६ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत प्राप्त गर्नुभएको छ । योसँगै रास्वपाले प्रत्यक्षतर्फ १ सय २५ सीट पाएको छ ।



