२०८२ फाल्गुन २६, मंगलवार ११:२१

प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख मत कटाएकाे छ ।

निर्वाचन आयाेगकाे पछिल्लाे विवरणअनुसार अहिलेसम्म १ कराेड ४ लाख १९ हजार २३४ मतगणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेकाे छ । २ लाख २७ हजार ८७२ मतगणना भएको छ ।

यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेकपा (एमाले) ले १४ लाख ११ हजार ४२९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ६ लाख ६६ हजार ८७५, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेको छ ।

याे परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन् ।

प्रतिनिधिसभा चुनावमा झन्डै १ करोड १० लाख मत खसेको थियो । आयाेगले आज बेलुकासम्म समानुपातिकतर्फकाे सबै मत गनिसक्ने जनाएकाे छ ।

 

Comment


Related News

Latest News

Trending News