२०८२ फाल्गुन २७, बुधबार ०७:३४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ मत ल्याएपछि सामाजिक सञ्जालमार्फत बधाइ दिएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीलाई नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका वरिष्ठ नेता साहले जवाफ दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीद्वारा लेखिएको ट्वीटमा जवाफ दिँदै उनले दुई देशबीचको विद्यमान सम्बन्धलाई परिणामुखी बनाउने विश्वास व्यक्त गरेका छन् । ‘नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

भारतीय प्रधानमन्त्री मोदीले सोमबार रास्वपाका सभापति लामिछाने र साहलाई टेलिफोनमार्फत समेत बधाई दिएको प्रसंग उल्लेख गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । सभापति लामिछानेले सोमबार जवाफ दिएका थिए भने साहले मंगलबार जवाफ दिएका छन् ।

Comment

Related News

Latest News

Trending News