२०८२ फाल्गुन २७, बुधबार ०७:४७

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ मा रहेको कल्याणेश्वरी दुर्गा मन्दिरमा प्रतीमाको प्राण प्रतिष्ठापूर्व धर्मध्वज यात्रा सम्पन्न गरिएको छ ।

सोहडमा सोमबार एक समारोहका बीच स्थानीयले धर्मध्वज यात्रा सम्पन्न गरेका छन् । कल्याणेश्वरी दुर्गा मन्दिर सहोडवाबाट निकालिएको यात्रा हर्दिया, रतौली, बसबिट्टी, बिन्दही, बनौली, ढेकहा, गमहरिया, एकरहिया, खैरबा, अतरार, पिपरा हुँदै सहोडवामा पुनः पुगेर सम्पन्न भएको थियो ।

धर्मध्वज यात्रा पश्चात सोमबार नै दुर्गा मन्दिरमा ध्वजारोहण गरिएको प्राण प्रतिष्ठा तथा महायज्ञ समितिका अध्यक्ष वशिष्ठ नारायण मिश्रले जानकारी दिए । परमहंश कलना बाबाद्वारा स्थापित कल्याणेश्वरी दुर्गा मन्दिरमा रामनवमीका दिन प्राणप्रतिष्ठा महायज्ञ आयोजना गर्न लागिएको हो, मिश्रले भने ‘ त्यसकै तयारी स्वरुप धर्मध्वज यात्रा गरिएको हो, चैत १ गते बौधी महारानी स्थानबाट कलश यात्रा गर्ने कार्यक्रम राखिएको हो ।’

त्यसलगत्तै नवाह कार्यक्रमको आयोजना गरिने उनले बताए । आयोजकका अनुसार चैत १३ गते रामनवमीको अवसर पारेर गोवर्धन मठका जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वतीद्वारा मन्दिरमा माता दुर्गाको प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम रहेको छ । यसअघि माघ १५ गते भूमिपूजन सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।

चैत १५ गतेदेखि सप्ताहव्यापी भागवत कथा आरम्भ हुनेछ भने चैत २३ गतेदेखि सहस्त्र चण्डी पाठ सुरु हुने कार्यक्रम तय गरिएको छ । २०८३ वैशाख २ गते लाखराम तथा सत्यनारायण भगवानको पूजाको आयोजना गरिने मिश्रले बताए ।

Comment


Related News

Latest News

Trending News