२०८२ फाल्गुन २७, बुधबार ०८:०१

जेनजी आन्दोलनको जगमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फबाट निर्वाचित हुने युवाको संख्यामा भारी वृद्धि भएको छ । मधेश प्रदेशमा दुई तिहाई युवा उम्मेदवार विजय भएका छन् ।

यी विजयी युवा उम्मेदवार मध्ये एकजना जेनजी उम्मेदवार हुन् । प्रदेशको ३२ निर्वाचन क्षेत्र मध्ये ४० वर्षमुनि उमेर समूहका १२ जना र ५० वर्ष मुनिका १२ जना उम्मेदवार विजयी भएका छन् भने ८ जना ५० वर्षमाथि उमेर समूहका छन् । प्रदेशका ३२ क्षेत्र मध्ये ३० वटामा राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार छन भने एक÷एक जना कांग्रेस र नेकपाले जितेका छन ।

नेकपाका उम्मेदवार मो. फिरदोस आलम युवा हुन् भने नेकपाका मातृका यादव ५० वर्षमाथिका हुन । २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फबाट देशभरिबाट जम्मा १० जना मात्र युवा चुनिएका थिए । पछिल्लो चुनावको तुलनामा यस पटक युवा सांसदको संख्या सात गुणाले वृद्धि भएको हो ।

कांग्रेस र नेकपा बाहेक अन्य कुनै दलले उम्मेदवार जिताउन सकेका छ्रैनन् । देशका धेरैजसो मतदाता पुरानै अनुहार दोहोरिरहने तर देशको स्थिति नसुध्रिने अवस्थाबाट दिक्क थिए । त्यसैमाथि भदौ २३ गते जेनजीमाथि भएको आन्दोलन उनीहरूले बिर्सिएका थिएनन् । मतदाताले यस पटक वैकल्पिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सत्ता सुम्पने मत दिएका छन् ।

त्यसो त भावी प्रधानमन्त्री बालेन शाह नै ३६ वर्षिय युवा हुन् । रास्वपाले शाहलाई चुनावअगाडि नै पार्टीबाट प्रधानमन्त्रीको रूपमा अगाडि सारेको थियो । युवा उम्मेदवारलाई प्रधानमन्त्रीको उम्मेदवारमा रास्वपाले अघि सारेको असर मधेशमा मात्र होइन देशैभरि परेको हो । जसको परिणामस्वरुप मधेशमा दुई तिहाई अर्थात २४ उम्मेदवार नै युवा विजयी भएका छन् ।

यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० वर्षमुनिका युवाले उल्लेखनीय सफलता हात पारेका छन् । पुराना पुस्ताको बाक्लो उपस्थिति रहेको संसद्मा अब भने नयाँ पुस्ताको उपस्थिति बढी देखिनेछ । यस निर्वाचनको परिणामले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई नयाँ ऊर्जा दिएको छ । प्रदेशबाट विजयी हुने जेनजी उम्मेदवार हुन् ।

सिरहा १ बाट निर्वाचित २८ वर्षिय बब्लु गुप्ता उनी नेपाली कांग्रेसका दिग्गज नेता मध्येका रामसुन्दर चौधरीलाई भारी मतान्तरले पराजित गरेका हुन् । गुप्ताले ४१ हजार ३२२ मत ल्याएका छन् भने चौधरीले मात्र ९ हजार ७७४ मत ल्याएका छन् । ४० वर्ष मुनि उमेर समूहका विजयी रास्वपा उम्मेदवारहरुमा सर्लाही २ बाट ३८ वर्षिय रबिन महतो, बारा ४ बाट ३९ वर्षिय रहबर अन्सारी, सिरहा २ बाट ३० वर्षिय शिवशंकर यादव, सप्तरी १ बाट ३६ वर्षिय पुष्पा चौधरी, सप्तरी २ बाट ३० वर्षिय रामजी यादव, सिरहा ४ बाट ३३ वर्षिय तपेश्वर यादव, महोत्तरी १ बाट ४० वर्षिय प्रमोद महतो, महोत्तरी २ बाट ३४ वर्षिय दिपक कुमार साह, महोत्तरी ३ बाट ३३ वर्षिय उज्जवल कुमार झा, पर्सा २ बाट ३६ वर्षिय शुशिल कानु, रौतहट २ बाट कांग्रेसका डा. फिरदोस आलम छन् ।

सिरहा ४ का ३३ वर्षिय तपेश्वर यादवले राजकिशोर यादव, धर्मनाथ साह, विरेन्द्र प्रसाद महतो र अजयशंकर नायक जस्ता चार÷चारजना दिग्गज नेता तथा पूर्वमन्त्रीलाई २८ हजार बढी मतान्तरले विजयी भएका हुन् । सप्तरी २ बाट विजयी भएका ३० वर्षिय रामजी यादव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हुन् । उनले अध्यक्ष यादवलाई दोब्बर मतले पराजित गरेका छन् । तपेश्वरले २८ हजार ४०४ मत ल्याएको छ भने अध्यक्ष यादवले मात्र १४ हजार २६३ मत ल्याउन सकेका छन् ।

यस्तै ४०—५० उमेर समूहका पनि १२ जना युवा उम्मेदवार विजयी भएका हुन् । ती सबै रास्वपाकै उम्मेदवार हुन् । सर्लाही १ बाट वर्ष ४३ का नितिमा कार्की, धनुषा ३ बाट वर्ष ४५ का मनिष झा, धनुषा २ बाट वर्ष ४९ का रामविनोद यादव, बारा ३ बाट वर्ष ४१ क अरविन्द साह, बारा १ बाट वर्ष ४३ का गणेश धिमाल, रौतहट ४ बाट वर्ष ४३ का गणेश पौडेल, बारा २ बाट वर्ष ४२ का चन्दन सिंह, सप्तरी ३ बाट वर्ष ४४ अमरकान्त चौधरी, सिरहा ३ बाट वर्ष ४१ क शम्भुकुमार यादव, पर्सा ४ बाट वर्ष ५० का टेकबहादुर शाक्य, रौतहट ३ बाट वर्ष ४८ का रविन्द्र पटेल र पर्सा १ बाट वर्ष ४६ का बुद्धिप्रसाद पन्त रहेका छन् ।

त्यस्तै ५० वर्षमाथि उमेर समूहका विजयी हुने उम्मेदवार मध्ये धनुषा १ बाट नेकपा मातृका यादव बाहेक सबै ७ वटै रास्वपाकै उम्मेदवार हुन् । ती मध्ये धनुषा ४ बाट वर्ष ५१ का राजकिशोर महतो, सर्लाही ३ बाट वर्ष ५३ का नरेन्द्र साह कलवार, सप्तरी ४ बाट वर्ष ६५ का सीताराम साह, सर्लाही ४ बाट वर्ष ५५ का अमरेश सिंह, महोत्तरी ४ बाट वर्ष ५४ की गौरी कुमारी, पर्सा ३ बाट वर्ष ५७ का रामाकान्त चौरसिया र रौतहट १ बाट वर्ष ५४ का राजेश्वर चौधरी रहेका छन ।

Comment


Related News

Latest News

Trending News