फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ ।
बुधबार समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाले सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन सङ्कलन गर्ने काम भइरहेको र त्यसलगतै समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या एकिन गरेर उम्मेदवार सिफारिस गर्नको लागि सम्बन्धित दललाई पत्राचार गरिने बताउनुभयो ।
समानुपातिक तर्फ रास्वपाले करिव साढे ५१ लाख मत प्राप्त गरेको छ , त्यस्तै कांग्रेसले साढे १७ लाख, एमालेले साढे १४ लाख, नेकपाले ८ लाख मत प्राप्त गर्दा श्रम संस्कृति पार्टी र राप्रपाले थ्रेस होल्ड कटाएउन सफल भएको छ । दलहरुबाट प्राप्त उम्मेदवार सिफारिस रुजु गरेर समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूची तय गरिने आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।
त्यस्तै उहाले निर्वाचनका सवै काम अन्तिम चरणमा पुगेकाले आयोगमा स्थापना गरिएका अतिरिक्त संरचनाहरु बन्द गरिएको जानकारी दिनुभयो ।
अतिरिक्त संरचनाहरुमा काम गरेका कर्मचारीहरुलाई आयोगले सम्बन्धीत कार्यालयमा फिर्ता गरिएको उहाले बताउनुभयो ।



