२०८२ फाल्गुन २७, बुधबार १५:५६

चुनावमा पार्टीलाई असहयोग गरिएको भन्दै सिराहा–२ का सभापति महेशप्रसाद चौधरीले केन्द्रीय र स्थानीय गरी ११ नेतालाई कारबाही सिफारिस गरेका छन् ।

“यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा–१ मा नेपाली कांग्रेस विधान २०१७ को संशोधनसहित धारा ३४ को ४ को ‘क’बमोजिम निर्वाचनको समयमा पार्टीको उमेदवारका विरुद्धमा अन्य पार्टी रास्वपा, जनमत र स्वतन्त्रमा लागि आफ्नै पार्टीको हितविपरीत काम गरेको र आफ्नो पार्टीको उमेदवारलाई असहयोग गरेकाले पार्टीका विभिन्न पदमा रहेका तपसिलबमोजिमका व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरिएको व्यहोरा सिफारिससाथ अनुरोध छ,” केन्द्रीय अनुशासन समितिलाई पठाएको सिफारिसमा भनिएको छ ।

कारबाही सिफारिस हुनेमा पूर्वकेन्द्रीय सदस्य तथा महासमिति सदस्य पदमनारायण चौधरी, महासमिति सदस्यसमेत रहेका उनका छोरा सन्तोष चौधरी, महाधिवेशन प्रतिनिधि गौरीनारायण चौधरी, जिल्ला कार्यसमितिका सदस्य रामगणेश दास, क्षेत्रीय समितिका सहसचिव मुकेश महतो, क्षेत्रीय सदस्य कन्हैयाप्रसाद गुप्ता, बुथ सभापति अम्बराज मिश्र, अर्का बुथ सभापति विनोद साह, क्षेत्रीय सदस्य गोपालकृष्ण यादव, थारु संघ सिरहाका अध्यक्ष अजय चौधरी, आनन्द चौधरी नेपाल लोकतान्त्रिक खेलकुद संघ सिरहाका अध्यक्ष छन् ।

karbahi-sifaris-1773217058.png

Comment


Related News

Latest News

Trending News