२०८२ फाल्गुन २७, बुधबार १७:२९
सिरहा जिल्ला अदालतअगाडि बम विस्फोट भएको छ ।
जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको बताईएको छ । बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ ।
अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


