२०८२ फाल्गुन २८, बिहीबार १९:१२

धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको छ । साह कालोसूचीमा रहेको पाइएपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

कर्जा सूचना केन्द्रले साह कालोसूचीमा नरहेको लिखित जानकारी आज दिएपछि सारंगा सुबेदीको इजलासले अन्तरिम आदेश दिएको हो ।

साहले आफूलाई कालोसूचीबाट हटाउन अन्तरिम आदेशको माग गर्दै राष्ट्र बैंक विरुद्ध रिट दायर गरेका थिए । उनको माग बमोजिम आदेश आएको सर्वोच्चका सहायक प्रवक्ता उपरजिष्टार नीराजन पाण्डेले बताए ।

साहको उम्मेदवारी खारेजीका बाबजुद धनुषा १ मा उनलाई सर्वाधिक भोट आएको थियो । तर, उनलाई आएको सबै भोट बदर मानेर निर्वाचन आयोगले दोस्रो सर्वाधिक मत ल्याउने नेकपाका मातृका यादवलाई विजयीको प्रमाणपत्र दिएको छ ।

Comment


Related News

Latest News

Trending News