२०८२ फाल्गुन २९, शुक्रबार ०७:२५

निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याको बिहीवार बेलुका टुंगो लगाएको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । रास्वपा दुई बहुमतका लागि दुई सिटबाट चुकेको छ । दुई तिहाई बहुमतका लागि १८४ सिट हुनुपर्नेमा प्रत्यक्षतर्फको १२५ र समानुपातिकबाट ५७ गरी जम्मा १८२ सिट रास्वपाले पाएको छ । नेपाली कांग्रेसले २० सिट पाउँदा नेकपा एमालेले १६ सिट पाएको छ ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ सिट पाउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समान ४ सिट पाएका छन् । आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत(९६.०५ प्रतिशत) मत सदर भएको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी आर्यागले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने ६ दललाई सिट संख्या निर्धारण गरिएको हो ।

प्रत्यक्षतर्फ पनि रास्वपाले नै सबैभन्दा बढी १२५ सिट प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ९४.५५ प्रतिशत मत सदर भएको थियो भने समानुपातिकतर्फ ९६.०५ प्रतिशत मत सदर भएको थियो। प्रत्यक्षतर्फ कूल १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो भने समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो ।

दलहरूलाई ३ दिनभित्र समानुपातिक उम्मेदवारको नाम छनोट गर्न पत्राचारसमेत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आइतवारसम्म दलहरुले समानुपातिक सूचीका उम्मेदवारहरुको नामावली बुझाउनेछ । आयोगको पत्राचार लगतै दलहरु क्लस्टर अनुसार नाम पठाउने तयारीमा जुटिसकेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ जना प्रत्यक्षतर्फका महिला उम्मेदवार मध्ये १३ जना निर्वाचित भएका छन् । महिला उम्मेदवार प्रत्यक्षमा निर्वाचित रास्वपाबाट पुरुष उम्मेदवारले पनि अवसर पाउने निश्चित छ । संघीय संसदमा दलहरुले ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनै पर्ने बाध्यकारी कानूनी व्यवस्थाका कारण रास्वपाको बन्दसूचीबाट कम्तिमा ४८ जना महिला संसदमा पुग्ने निश्चित भएको छ ।

रास्वपाबाट ३३ प्रतिशत महिला हुनुपर्नेमा मधेशी महिला क्लस्टरतर्फ मुश्किलले दुई जना अवसर पाउने देखिन्छ । क्लस्टर बाहेक अन्यमा मधेशका महिला मधेसी महिला क्लस्टरतर्फ पहिलो नम्बरमा रहेकी पुनमकुमारी अग्रवाल सांसद बन्ने पक्का देखिन्छ । रास्वपाकी केन्द्रीय सदस्य निशा मेहता मधेसी महिला क्लस्टरमा दोस्रो नम्बरमा रहेकी छन् । मधेसी पुरुषतर्फ सुप्रभात यादव, खगेन्द्र कर्णको सम्भावना छ ।

Comment


Related News

Latest News

Trending News