जनकपुरधाममा जडान गरिएको ट्राफिक लाईटमा गरिएको करीब एक करोडको लगानी खेर गएको छ ।
करीब चार वर्षअघि मधेस प्रदेशका राजधानी जनकपुरधामको अस्तव्यस्त ट्राफिक व्यवस्थालाई व्यवस्थापन गर्न ९८ लाखभन्दा बढी रकम खर्चेर ट्राफिक लाईट जडान गराएको थियो । तर दुई महिना पनि सञ्चालन हुन नपाउंदै बिग्रेर तीन वर्षदेखि अहिले थन्किएको छ ।
प्रदेश सरकारले मधेस प्रदेश प्रहरी कार्यालयको समन्वयमा प्रदेश सरकारले राजधानी जनकपुरधामको भानु चोक, शिव चोक, जनक चोक, विद्यापति चोक, नेपाल पत्रकार महासंघ धनुषा अगाडिसहित विभिन्न स्थानमा जडान गरेको हो ।
सुरुवाती चरणमा सो लाइट बिहान ९ बजेदेखि साढे ११ र बेलुका साढे ४ देखि ७ बजेसम्म सञ्चालनमा ल्याइएको छ । अवस्था हेरी हेरी राति ८ बजेसम्म सञ्चालन गर्ने गरेको थियो । जेब्रा क्रसिङ्गका लागि समेत २० लाख रुपैया खर्चिएको थियो । आवश्यकता र औचित्यलाई ख्याल नगरी जडान गरिएको ट्राफिक लाइट जडान भएयता अहिले बिग्रेर थन्किंदा सम्बन्धित निकायले चासो नलिंनु लापरवाहीको पराकाष्ठा हो ।
प्रयोगविहिन अवस्थामा रहेका ती लाइट अहिले ‘सो पिस’ मा सिमित हुन गएको छ । लाईट जडानदेखि नै खेँलाची हुँदै आएको छ । लाईट जडान भएको डेढ महिना बढी समयसम्म संचालनका लागि कन्ट्रोल रुम व्यवस्थापन हुन नसकेको भनी संचालनमा आएनन् । संचालनमा आएपनि एक साता ट्रायल मात्र गरिएको भनी पुनः दुई महिनासम्म संचालनमा आएनन् ।
सञ्चालनमा आएपनि दुई÷तीन महिनाभन्दा बढी समय चल्न सकेन । बिग्रिएको भनेर थन्काइएपछि आजसम्म थन्किएको नै छ । ट्राफिक कार्यालय धनुषाले संचालन तथा कन्ट्रोल गर्दै आएको सो ट्राफिक लाईट बारे अनभिज्ञ छन् । ट्राफिक कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीले भने आफू आउनु अघिदेखि नै बन्द छ
बिग्रेर बन्द रहेको बुझिन आएको हो । कसले लगाएको हो भन्ने बारे भौतिक पूर्वाधार विकास मन्त्रालय जडान गरेको बुझिएको हो । मरम्मत सम्भारका लागि भनिसकेका छौं, तर चासो लिइएको छैन । उता भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित सचिव पनि भौतिक पूर्वाधार विकास मन्त्रालयले नै लगाएको हो भन्ने अनभिज्ञ छन् । उनले भने चार वर्षअघिको कुरा हो । आफू आउनु अघि नै जडान हुन सक्ने हो । विस्तृत जानकारी आफूलाई थाहा बुझ्नेछु ।
स्थानीयहरु भन्छन — ‘कुनै पनि प्राविधिक सामानको ग्यारेन्टी वारेन्टी हुन्छ । तर दुई/तीन महिनामै बिग्रिनु र त्यसमा चासो नलिनु भनेको भ्रष्टाचार भएको गन्ध देखिन्छ ।’ हाल लामो समयदेखि अस्तव्यस्त रहँदै आएको ट्राफिक व्यवस्थापनलाई सुधार गर्ने प्रयास सुरू गरिएको छ ।
बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, साँघुरा सडक र कमजोर ट्राफिक अनुशासन कार्यान्वयनमा ल्याइने प्रयास गर्ने गरिएको देखिएको छ ।
ट्राफिक प्रहरी कार्यालयले प्रवेशद्वारमा ट्राफिक नियम, सचेतना सन्देश तथा आवश्यक सूचनाका लागि ‘डिजिटल डिस्प्ले बोर्ड’ मुख्य चोकहरूमा ४३ वटा सीसीटिभी क्यामेरा जडान गरिएको छ । ती क्यामेरामार्फत सवारी आवागमनको निगरानी, नियम उल्लंघन गर्ने सवारी साधन पहिचान तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको उनले बताए ।



