राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले अव बन्ने सरकारमा रहने मन्त्रीहरुको बारेमा पार्टीले कुनै निर्णय नगरेको बताउनुभएको छ ।
आइतबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रवक्ता झाले मन्त्री चयनका बारेमा पार्टी भित्र कुनै औपचारिक छलफल नभएको र कसैलाई जिम्मेवारी दिने कुनै निर्णय समेत नभएको बताउनुभएको हो । उहाले सांसदहरुले प्रमाणपत्र लिएर सपथ गरेपश्चातमात्रै सरकार गठन र मन्त्री चयनका बिषयमा छलफल हुने स्पष्ट पार्नुभयो ।
प्रवक्ता झाले रास्वपा नेतृत्वको सरकारमा रहने मन्त्रीहरुको बारेमा चासो रहनु स्वभाविक भएपनि अहिले नै मन्त्रालयगत दावी राख्नु राजनीतिक रुपमा व्यवहारिक नहुने धारणा राख्नुभयो ।
उहाले जनताले दिएको मतलाई सम्बोधन हुने गरि रणनीतिक राजनीतिक प्रक्रियाहरू अघि बढाउने बताउनुभयो ।



