२०८२ चैत्र २, सोमबार ०७:४९

प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा कार्यरत चिकित्सक डा. मनोजकुमार गुप्तालाई नेपाल मेडिकल काउन्सिलले कारबाही गरेको छ ।

काउन्सिलको ११ र १२ फागुनमा बसेको पूर्ण बैठकले डा. गुप्तालाई प्रोवेसन अर्थात अरू डाक्टरको मुनि रहेर काम गर्ने गरी कारबाही गरेको हो । काउन्सिलका रजिष्ट्रार डा. सतिसकुमार देवका अनुसार डा. गुप्तालाई ६ महिनाको कारबाही गरिएको छ ।

‘शल्यक्रियामा संलग्न चिकित्सकसँग गरिएको प्रत्यक्ष बयान र विषय विज्ञको आधारमा काउन्सिलको पूर्ण बैठकले डा. गुप्तालाई ६ महिनाको कारबाही गरेको छ,’ डा. देवले भने । बाराका ३७ वर्षीय सुरेश शाह कानु पित्तथैलीको २०८० कार्तिक महिनामा डा. गुप्ताले शल्यक्रिया गरेको थियो । सो शल्यक्रियामा गरिएको लापरवाहीको कारण कानुको मृत्यु भएको थियो । उनको मृत्युपछि पिडीतले उजुरी गर्दा कारवाही गरिएको हो ।

शल्यक्रियापछि कानुको स्वास्थ्य अवस्था बिग्रिदैँ जाँदा अर्को अस्पतालमा चेकजाँच गराउँदा परीक्षणका क्रममा डा. गुप्ताले पित्तथैलीको चेकजाँच नै नगरी शल्यक्रिया गरिएकोले भित्री अंगमा क्यान्सर फैलिएको त्यहाँको चिकित्सकले जानकारी दिए ।

उपचारको क्रममा सुरेशको ३२ साउन २०८१ मा मृत्यु भयो । प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा कार्यरत डा. गुप्ताको लापरबाहीका कारण मृत्यु भएको भन्दै परिवारले २८ पुस २०८१ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता गरेको थियो ।

सोही उजुरी उपर काउन्सिलले संलग्न चिकित्सकसँग गरिएको प्रत्यक्ष बयान र विषय विज्ञको आधारमा काउन्सिलले कारबाही गरेको हो ।

Comment


Related News