मध्यपुर्वमा जारी तनाव र युद्धको असर विश्व ऊर्जा बजारसंगै घरायसी भान्सामा देखा परेको छ । खाना पकाउने एलपी ग्यासको आपूर्ति अवरुद्ध हुने डर र पेट्रोलियम पदार्थको आपूर्ति मार्ग अस्थिर हुँदा दर्जनौं मुलुकका उपभोक्ताहरूले विकल्पको रूपमा विद्युतीय चुलोको मागमा वृद्धि भएको छ ।
विश्व बजारमा अहिले विद्युतीय चुलोको बजार ह्वात्तै बढेको छ । फ्युचर मार्केट इनसाइडले जनाए अनुसार सन् २०२५ सम्म इन्डक्सन चुलोको बजार २३.६ अर्ब अमेरिकी डलरको थियो । आगामी सन् २०३५ सम्ममा यो बजार बढेर ३७ अर्ब अमेरिकी डलरसम्म पुग्ने आँकलन गरिएको जनाइएको छ । त्यस्तै इन्फ्रारेड चुलोको बजार आगामी सन् २०३३ सम्ममा २३३ िम िल य न अमेरिकी डलर पुग्ने बताइन्छ ।
उर्जा दक्षता, कम ताप उत्सर्जन, सुरक्षित खाना पकाउने प्रविधि र स्मार्ट किचेन प्रविधिका कारण विद्युतीय चुलो अन्तर्गतको इन्डक्सन र इन्फ्रारेड चुलो बजारमा माग बढेको छ । युद्धपछि तेल र ग्यासको आपूर्ति श्रृंखला प्रभावित भएकाले विद्युतीय चुलोको बजार अत्यधिक परिमाणमा बढेको छ । त्यस्तै एलपी ग्यासको आपूर्ति प्रणाली घट्ने र मूल्य बढ्न सक्ने आशंकाका कारण पनि यस्ता चुलोको बजार हिस्सा बढ्दै गएको छ ।
पछिल्लो समयमा भारतमा इन्डक्सन चुलोको बिक्री ३० गुणासम्म वृद्धि भएको पाइएको छ । केही ई–कमर्स प्लेटफर्ममा विद्युतीय चुलोको स्टकसमेत सकिएको छ । यस्तै खुद्रा बजारमा १० दोब्बर बिक्री बढेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार भारतमा ग्यासको आपूर्तिमा आएको संकटका कारण विद्युतीय चुलोको ठूलो माग बढेको छ ।
घरपरिवार र रेष्टुरेन्टमा समेत विद्युतीय चुलोको अत्यधिक प्रयोग दर बढेपछि माग बढेको छ । बजारको मागलाई धान्न भारतको इन्डक्सन चुलो उत्पादकहरूले उत्पादन क्षमता ७० प्रतिशतबाट वृद्धि गरी अहिले शतप्रतिशत पु¥याएका छन् । इन्डक्सन र इन्फ्रारेड चुलोको सबैभन्दा ठूलो उत्पादक मुलुक चीनमा पनि ग्यासको अभाव हुन थालेपछि यी चुलोको अत्यधिक माग बढेको छ ।
जर्मनी, फ्रान्स, नेदरल्याण्ड, अमेरिका, थाइल्याण्ड, भियतनाम र इन्डोनेशियालगायतका मुलुकमा पनि पछिल्लो समयमा विद्युतीय चुलोको मागमा उच्च परिमाणमा वृद्धि भएको बताइन्छ । युद्ध अघिसम्म भारतमा दैनिक करिब १५ हजार गोटासम्म बिक्री हुने विद्युतीय चुलोको बिक्री अहिले दैनिक १ लाखसम्म पुगेको छ । युद्धपछि भारतमा अहिले ८५, चीनमा ४ ० , अमेरिकामा ७०, युरो पमा ५०, जापानमा ४ ० , दक्षिण कोरियामा ५० र दक्षिण पूर्व एशियामा ६० प्रतिशतले विद्युतीय चुलोको माग बढेको छ ।
य ु द्ध प िछ एशियाली मुलुकमा दैनिक ४ लाख, युरोपमा १ लाख र अमेरिकामा ६० हजार गोटासम्म विद्युतीय चुलोको बिक्री भइरहेको छ । एलपी ग्यासको विकल्पमा आम उपभोक्ताले इन्डक्सन र इन्फ्रारेड चुलो विकल्पको रूपमा प्रयोगमा ल्याएपछि अहिले विद्युतीय चुलोको मूल्यसमेत आकाशिएको छ । जबकी युद्ध अघिसम्म ३ हजार ५ सय रुपैयाँमा पाइने सामान्य मोडेलको इन्डक्सन चुलोको मूल्य बढेर ४ हजार ५०० रुपैयाँ पुगेको छ । त्यस्तै ७ हजार रुपैयाँ पर्ने मध्यम मोडेलको मूल्य बढेर अहिले ९ हजार र २० हजार रुपैयाँ पर्ने प्रिमियम मोडेलको इन्डक्सनको मूल्य बढेर अहिले २५ हजार रुपैयाँ पुगेको छ ।
उता इन्फ्रारेड चुलोतर्फ बढीमा ५० हजार रुपैयाँसम्ममा विक्रि वितरण हुने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस्ता इन्डक्सन चुलो र इन्फ्रारेड चुलो मुख्य गरी चीन, जापान, दक्षिण कोरिया, युरोप र भारतमा उत्पादन हुने गरेको छ । यसमध्ये सबैभन्दा बढी चीनले माइडिया र हाइयर ब्रान्डमा उत्पादन गर्छ ।
यसपछि जापानले पानासोनिक ब्रान्ड, दक्षिण कोरियाले सैमसङ, युरोपले बोस्च र इलेक्ट्रोलक्स तथा भारतले टीटीके प्रेस्टिज, बजाज, बटरफ्लाइ ब्रान्डमा विद्युतीय चुलो उत्पादन गर्दै आएका छन् । चीनले दैनिक ३ लाख गोटा, भारतले ८० हजार र युरोपियन मुलुकबाट ३० हजारको हाराहारीमा उत्पादन हुँदै आएको छ । तर युद्ध शुरु भएयता माग बढेपछि अधिकांश यस्ता उत्पादक मुलुकले उत्पादन क्षमता शतप्रतिशतसम्म पुर्याएका छन् ।
नेपालमा पनि २०७२ असोजदेखि नेपालमा शुरु भएको अघोषित नाकाबन्दीको समयमा विद्युतीय चुलोतर्फ उपभोक्ता आकर्षित भएका थिए । खाना पकाउने ग्यासको चरम अभाव सिर्जना भएपछि तत्कालीन समयमा आम उपभोक्ताको रोजाइमा इन्डक्सन चुलो परेको थियो । चीन सरकारले अनुदानमा उपलब्ध गराएको उक्त इन्डक्सन चुलो साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी (तत्कालीन नेपाल खाद्य संस्थान) मार्फत बिक्री वितरण भएको थियो ।
पछिल्लो समयमा युद्धको प्रभावका कारण नेपालमा पनि खाना पकाउने ग्यासको आम उपभोक्ताले चरम अभाव व्यहोर्न बाध्य भएका छन् । ग्यासको लागि विक्रेता र ग्यास उद्योगमा उपभोक्ताको ठूलो लाइन लाग्न शुरु भएको छ । विद्युतीय चुलोको आयातमा कर छुट, भान्सामा प्रयोग गर्न राज्यको प्रोत्साहन नीति र स्थानीय उत्पादनमा राज्यले प्रोत्साहन गर्न सके नेपालका उपभोक्ता पनि विद्युतीय चुलोप्रति आकर्षित हुन सक्ने कतिपयले ठम्याएका छन् ।



