२०८२ चैत्र ३, मंगलवार ११:२२

मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम भएको छ ।

सोमबार भने सुन प्रतितोला रु ३ लाख ९ हजार ५ सय रहेको थियो । यसअनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको महासंघले जनाएको छ ।

चाँदीतर्फ पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु ५ हजार ३३५ पुगेको छ भने सोमबार प्रतितोला रु ५ हजार २६५ रहेको थियो । यसअनुसार चाँदी प्रतितोला रु ७० ले वृद्धि भएको छ ।

Comment


Related News

Latest News

Trending News