२०८२ चैत्र ३, मंगलवार १७:५५

करिब दुई सातादेखि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको पद रिक्त छ । गएको फागुन २५ गते डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद खाली भएको हो ।

२०७७ फागुन २५ गते नियुक्त भएका दुई डेपुटी गभर्नरहरू आफ्नो पाँच वर्षे कार्यकाल पुरा गरेर राष्ट्र बैंकबाट बिदा भइसकेका छन् । तर, उनीहरूको बिदाइसँगै राष्ट्र बैंकको कमाण्ड पोस्ट मानिने दुई विशिष्ट पदहरू अझै रिक्त छन् ।

हालको सरकारले नयाँ डेपुटी गभर्नर नियुक्तीमा चासो देखाएपनि नियुक्त गर्न भने सकेको छैन । यसैबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनको आन्तरिक तयारी गरिरहेको छ । डेपुटी गभर्नर नियुक्तिको जिम्मा रास्वपालाई छोड्ने मनस्थितिमा यो सरकार रहेकाले नियुक्ति अन्यौलमा पुगेको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर पौडेलले गत साता नै विशिष्ट श्रेणीका चार अधिकृतको नाम छनोट गरी अर्थमन्त्रीमार्फत प्रधानमन्त्रीसमक्ष सिफारिस पठाउने तयारी थिए । तर, अन्तरिम सरकारले यो निर्णय आगामी निर्वाचित सरकारलाई छोड्ने रणनीति बनाएपछि नियुक्ति लम्बिएको छ ।

दुई डेपुटी गभर्नरको पद रिक्त भएको दुई साता बित्न लाग्दा पनि नयाँ नियुक्ति प्रक्रिया अलपत्र हुँदा बैंकको दैनिक कार्यसम्पादन र नीतिगत निर्णय प्रक्रियामा असर पुगेको छ ।

Comment


Related News

Latest News

Trending News