तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकीकरण भइ बनेको नेपाली कम्युनिष्ट पार्टी-नेकपा) को मधेश प्रदेशसभामा संसदीय दलको नेतामा युवराज भट्टराई समीरलाई चयन गरिएको जनाइएको छ ।
यससंगै नेकपा १५ सिट सहित चौथो ठूलो दल बनेको छ । विगतमा भएको नेकपा माओवादी केन्द्र -७), नेकपा एकीकृत समाजवादी -७) र नागरिक उन्मुक्ति पार्टी -१) मिल्दा मधेश प्रदेशमा नेकपा १५ सिट भएको छ ।
२०७९ को निर्वाचन परिणाम अनुसार माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्तिका १ सिट थियो । तर माओवादी केन्द्रका दुई प्रदेश सांसद भरतप्रसाद साह र रहबर अन्सारी गत फागुन २१ को चुनाव लड्न सांसद पद त्यागेका थिए । समीर यसअघि माओवादी केन्द्रका दलका उपनेता थिए ।
मधेश प्रदेश सरकारमा नेकपाको अहिले ३ वटा मन्त्रालय छ ।


