२०८२ चैत्र ५, बिहीबार ०७:२५

सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा कार्यरत डा. बृजेन्द्रकुमार साहको सरुवा भएको दुई महिना बितिसक्दापनि मन्त्रालयको निर्देशनलाई अटेर गर्दै सरुवा गरिएको ठाउँमा हाजिर भएको छैन ।

आठौं तहका मेडिकल अधिकृत साहलाई मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ २ मै सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेको थियो ।

लहान वासिन्दा रहेका डा. साह त्यहीं जीवन रक्षा भन्ने अल्ट्रासाउन्ड पसल खोलेका छन् । तर, सरकारी अस्पतालमा समय नै नदिने र आफ्नै क्लिनिकमा अधिकांश समय दिने गरेको स्थानीयको गुनासोपछि मन्त्रालयले उनको त्यहाँबाट सरुवा गरेको थियो ।

कानुनतः सरुवा भएको २१ दिनभित्र खटाइएको ठाउँमा हाजिर भइसक्नुपर्छ । तर, अहिलेसम्म उनी अटेर गरी लहानमै बस्दै आएका छन् भने मन्त्रालयले पनि सरुवा कार्यान्वयन गर्न कुनै चासो नदेखाएको पाइएको छ ।

साहले भने आफ्नो घर लहानमै भएको र आफ्नो आवश्यकता पनि लहानमै भएकोले नगएको प्रतिक्रिया दिए । सरकारी अस्पतालमा कम र आफ्नो निजी क्लिनिकमा बढी समय दिएको कुरा पनि उनले स्वीकार गरेका छन् । मेरो सरुवा भए पनि मेरो आवश्यकता यही छ, त्यसैले नगएको हो,Ú उनले भने, मैले आफ्नो निजी क्लिनिकमा बढी समय दिएको पनि सत्य हो, तर त्यसमा पनि कारण छ ।

मन्त्रालयका सचिव डा. प्रमोद यादवले भने यसबारेमा आफूले बुझ्ने बताए । Úसरुवाको निर्णय कार्यान्वयन हुन्छ,Ú उनले भने, Úयसबारेमा म बुझ्छु ।Ú

Comment


Related News