२०८२ चैत्र ५, बिहीबार ०७:३४

पांच वर्षअघि अन्तरजातीय विवाह गरेकी धनुषाकी एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।

मृतकका माइती पक्षले हत्या भएको आरोप लगाउँदै कडा कारबाहीको माग गरेका छन् । माइती पक्षको उजुरीको आधारमा प्रहरीले प्रारम्भिक रूपमा आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धान अघि बढाउंद मृतकका श्रीमानलाई पक्राउ गरेको छ ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने मुकेश धनखोटी यादवकी २५ वर्षीया श्रीमती विभाकुमारी महतो मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । माइती पक्षले हत्या गरेको भनी जाहेरी दिएपछि धनुषा प्रहरीले मृतकका पति मुकेश यादवलाई पक्राउ गरेको हो ।

मुकेश र विभाले करिब पाँच वर्षअघि अन्तरजातीय प्रेम विवाह गरेका थिए । शुरुवाती चरणमा सामान्य रहेको वैवाहिक सम्बन्ध पछिल्लो समय विभालाई मानसिक तथा शारिरीक यातना दिने दिदैं आएको माइती पक्षको आरोप छ । मृतकका दाजु मनिषकुमार महतोले बहिनीमाथि लामो समयदेखि शारीरिक तथा मानसिक यातना दिइँदै आएको आरोप लगाएका छन् ।

विवाह भएको यतिका वर्ष बित्दा पनि सन्तान नभएको विषयलाई लिएर उनलाई पटक पटक दुव्र्यवहार गरिन्थ्यो, उनले भने । विभाको शरीरमा नीलडाम -चोटका दाग) समेत देखिएको छ । यसले घटनाप्रति हत्या नै गरिएको भन्ने थप आशंका उत्पन्न गरेको उनको भनाई छ । मृतकका दाजु मनिषले जिल्ला प्रहरी कार्यालय धनुषामा विभाका पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता गराउंदै आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी सहित निष्पक्ष छानबिनको माग गरेका छन् ।

दोषीमाथि कडा कानुनी कारबाहीको माग समेत तिनले गरेका छन् । सोही जाहेरीका आधारमा प्रहरीले मुकेशलाई पक्राउ गरी अनुसन्धान पक्रिया अघि बढाइएको धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जनाएको छ । उनले भने घटना पश्चात मृतकको शव पोष्टमार्टमका लागि पठाइ सकिएको पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै हत्या हो कि आत्महत्या भन्न सकिन्छ ।

अन्य तरिकाले समेत अनुसन्धान प्रहरीले जारी राखेको छ ।

Comment


Related News

Latest News

Trending News