२०८२ चैत्र ५, बिहीबार १७:५१

सर्वोच्च अदालतले रवि लामिछानेको अभियोगपत्र संशोधनका लागि दिइएको निर्देशन र यससम्बन्धी कागजात महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन आदेश दिएको छ।

न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको बिहीबारको इजलासले लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको हो।

गत ३० पुसमा महान्यायाधिवक्ता सविता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। दुई दिनपछि माघ २ मा उनले लामिछानेसहित अरु सबै आरोपितको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्।

३० पुसको मात्रै निर्णय पेश भएको पाइएको भन्दै माघ २ मा भएको निर्णय झिकाएर पेश गर्न सर्वोच्चले आदेश दिएको छ। यो आदेशसगै रविसम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने भएको छ ।

Comment


Related News

Latest News

Trending News