२०८२ चैत्र ६, शुक्रबार ०६:५६

बालेन्द्र शाह (बालेन) संसदीय दलका नेता नभएको कारण प्रधानमन्त्री कसरी बन्ने गाँठो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले फुकालेको छ ।

बालेनको नेतृत्वमा नयाँ सरकार बनाउन उनलाई दलको नेतामा चयन गर्ने निष्कर्षमा पार्टी पुगेको छ । सात बुँदे पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने सहमति बिहीवार बेलुका शीर्षस्थ नेताहरुबीच बसेको बैठकमा भएको छ ।

बैठकले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता बनाउने सहमति भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन् । उनका अनुसार प्रस्ताव अनुमोदनको लागि १२ गते केन्द्रीय समिति बैठक बस्नेछ । महामन्त्री बुर्लाकोटीले भने,’बाँकी संसदीय दलको बैठकले प्रक्रिया अगाडि बढाउँछ । सर्वसम्मत सहमति भएपछि संसदीय दलको नेता बनाउन विधान संशोधन गर्न आवश्यक छैन ।’ प्रधानमन्त्रीको शपथ चैत १३ गतेलाई तय भएपनि सरकार र राष्ट्रपति कार्यलयको तयारीमा भर पर्ने उनले बताए ।

Comment


Related News