२०८२ चैत्र ६, शुक्रबार ०७:०५

करीब आठ दशक लामो राजनीतिक विरासत बोकेको पार्टी नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हारपछि सभापतिले ६४ दिनमै राजीनामा दिनु कांग्रेसका लागि असाधारण राजनीतिक घटना बन्न पुगेको छ ।

कांग्रेसले निर्वाचनमा भोग्न परेको पराजयले संगठन, नेतृत्व र पार्टी प्रभावित भएको छ भने पार्टीमा यस्तो दुरावास्थाको प्रमुख दोषी सभापति गगन थापा रहेको संस्थापन इतर समूहका नेताहरूको आरोप छ । निवर्तमान सभापति शेरबहादुर देउवापक्षीय नेता मीन विश्वकर्माले गगन थापाको नीति, कार्यशैली र महत्वाकांक्षाले पार्टी नै धरापमा पर्ने अवस्था आएको आरोप लगाउँछन् ।

इतर समूहका नेताहरू निर्वाचन परिणामले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेकाले अब पार्टी नियमित महाधिवेशनमा जानुपर्ने माग गर्न थालेका छन् । निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले भने …विशेष महाधिवेशनको सबै औचित्य समाप्त भइसक्यो, अब जाने भनेको नियमित १५ औं महाधिवेशन हो ।

‘अर्का नेता रामहरि खतिवडा विगतका कमी–कमजोरीको समीक्षा गर्दै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिन्छन् । उनले भने ,’अहिले मेरो गुट, तेरो गुट भनेर जाने बेला छैन, समग्र देशका प्रजातन्त्रवादी शक्तिहरूलाई एक ठाउँमा राखेर जानु नै अहिले हाम्रो लागि बृहत् हितकर छ ।’ आन्तरिक लफडा र झै–झगडामा अल्झिने अवस्था नरहेको भन्दै नेता खतिवडाले सबै नेताहरू एकताबद्ध भएर नियमित १५ औं अधिवेशनमा जानु पर्ने उचित हुने बताएका छन् ।

समग्र कांग्रेसको हितका लागि अब के गर्नुपर्छ ? खतिवडा भन्छन्, …सबैलाई एकताबद्ध बनाएर हिँड्नु नै अहिले कांग्रेसको हित हुन्छ । पुराना नेताहरूलाई सम्मान गरौं, नयाँ साथीहरूलाई पनि आकर्षित गर्नेतर्फ लाग्दा राम्रो हुन्छ ।Ú निर्वाचन परिणाम सुखद् नआएपछि संस्थापन र इतर समूहका नेताहरू नियमित महाधिवेशनमा जानुपर्ने अभिव्यक्ति जोडतोडका साथ दिन थालेका छन् । तर, ती विषयमा दुवै पक्षका नेताहरूको आ– आफ्नै तर्क छ ।

संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले नै १५औं महाधिवेशन गर्ने पक्षमा भन्छन भने संस्थापन इतर पक्षीय नेताहरू १४ औं महाधिवेशनबाट चयन भएका कार्यसमितिले महाधिवेशन गर्ने अडानमा छन् । ‘आधिकारिताको विषय अदालतमा विचाराधीन छ । हामीलाई के विश्वास छ भने, अदालतले पुरानै ठाउँमा फर्काउँछ,’ इतर पक्षीय निवर्तमान एक पदाधिकारीले भने, ‘हामी १५ औं महाधिवेशनको तयारी गर्छौं । हाम्रो विश्वास यही छ ।’ निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले पनि शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै १५औं महाधिवेशनमा जानुपर्ने भन्छन् । ‘हामी त के कन्फर्म छौं भने देउवा नेतृत्वको कार्यसमिति नै वैधानिक हो,’ उनले भने,’ आधिकारिता फर्किन्छ । त्यसले नै महाधिवेशन आयोजना गर्छ भन्नेमा हामी ढुक्क छौं ।’ तर, महामन्त्री प्रदीप पौडेलले शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनको तिथिमिति बारे निर्णय गर्ने बताएका छन् । उनले भने’केन्द्रीय कार्यसमिति बैठकले नियमित अधिवेशन सम्भवतः जेठ अन्तिम अथवा असोजको पहिलो हप्ताका लागि तोक्छ । र, अब नियमित अधिवेशनको तयारीमा अगाडि बढ्नेछ ।’ विशेष महाधिवेशनका कारण किनारामा पुगेको संस्थापन इतर समूह १४ औं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको बैठक बोलाउनेसम्मको आन्तरिक तयारी गरेको पार्टी श्रोतले बताएका छन् ।

विशेष महाधिवेशन अघि तत्कालीन संस्थापन पक्षीय नेताहरू बीच समन्वय गरेर आन्तरिक छलफललाई तीव्रता दिएका मध्येका एक नेताले भने, ‘पुरानो कार्यसमितिको बैठक बोलाउनेबारे आन्तरिक छलफलमा छौं ।’ नेता विश्वकर्मा भन्छन् ‘हामीले गत पुसको ३० गते रातिसम्म पनि विशेष महाधिवेशनले पार्टीलाई विभाजित गर्छ, निर्वाचनलाई प्रभावित गर्छ, परिणाम अत्यन्तै नराम्रो आउँछ । त्यसो भएको हुनाले निर्वाचनको मुखमा पार्टीलाई विभाजित हुने कुनै पनि काम गर्नु हुन्न भनेका थियौं । तर महाधिवेशनपछि पार्टी विभाजन तिर गयो । आन्तरिक कलह भएपनि पार्टी बलियो भनेर हामी निर्वाचनमा गयौं तर सभापति थापाको नीति, कार्यशैली र महत्वकांक्षाका कारण पार्टी निर्वाचनमा अप्रत्याशित बेहोरेर डुब्ने अवस्था नै पुगेको छ । नेता खतिगडाले भन्छन् ‘अहिले मेरो गुट, तेरो गुट भनेर जाने बेला छैन । समग्र देशका प्रजातन्त्रवादी शक्तिहरूलाई एक ठाउँमा राखेर जानु नै अहिले हाम्रो लागि बृहत्तम हितकर छ । जनताले दिएको अभिमतलाई स्वीकार्नै पर्छ । कतिपय कुराहरू हामीले जुन कल्पना गर्छौ त्यो अनुसार हुँदैन । जनताको अभिमतलाई स्वीकार्दै राम्रा काममा सरकारलाई समर्थन गर्ने, नराम्रा कामको विरोध गरेर जानुपर्ने पद्दतितर्फ पार्टीलाई अहिलेको आवश्यकता हो ।’

Comment


Related News

Latest News

Trending News