२०८२ चैत्र ६, शुक्रबार १३:०३

प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरमा  दर्शन तथा पूजाआराधना गरेकी छन् ।

आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन् ।मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो ।

पूजा आराधनापश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले जनकपुरधाममा आफ्नो  विशुद्ध धार्मिक यात्रा भएको बताइन्।

Comment


Related News

Latest News

Trending News